अदालत
दोहोरो कारबाहीबारे महिमान सिंह विष्टको रिटमा कैफियत प्रतिवेदन माग्यो सर्वोच्चले
बुधबार, २५ असार २०८२, १५ : ०६
सारांश
- सर्वोच्च अदालतले निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टको रिट निवेदनमा कैफियत प्रतिवेदन माग गरेको छ।
- विष्टले रेशम चौधरीलाई पुर्पक्षका लागि जेल पठाउन पत्र लेखेपछि उनी सरकारी किर्ते मुद्दामा तानिएका हुन्।
- विष्टले आफूमाथि विभागीय कारबाही भएको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए।
काठमाडौँ । सर्वोच्च अदालतमा निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशल सुनिल कुमार पोखरेलको इजलासले बुधबार कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पुर्पक्षका लागि जेल पठाउन भन्दै पत्र लेखेपछि विष्ट सरकारी किर्ते सम्बन्धी मुद्दामा तानिएका हुन् ।
उनीविरुद्ध प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ । सोही प्रकरणमा आफूमाथि सर्वोच्च अदालतबाट पनि विभागीय कारबाही भएको जिकिर गर्दै विष्टले रिट निवेदन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
-
‘हली’को ट्रेलरमा देश बनाउने र छाउप्रथाकाे कथा
-
गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण