०७९ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई कांग्रेसले गर्यो कारबाही
सारांश
- नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई कारबाही गरेको छ।
- कारबाहीमा परेकाहरूमा प्रदेश महामन्त्री, जिल्ला सभापति र पूर्व मन्त्रीहरू समेत छन्।
- पार्टीले उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा विभिन्न नेता तथा कार्यकर्तालाई निष्कासन र निलम्बन गरेको हो।
काठमाडौँ । नेपाली कांग्रेसले २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने २३ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।
२३ जनामध्ये ५ जनालाई एक वर्ष, १७ जनालाई ६ महिना र एक जनालाई ३ महिना साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको कांग्रेसका अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिएका छन् ।
कारबाही गरिएकामध्ये प्रदेश महामन्त्री, जिल्ला सभापति र पूर्व मन्त्रीसमेत छन् । पार्टीका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई एक वर्ष साधारण सदस्यता समेत नरहने गरी कारबाही गरिएको छ । त्यस्तै पार्टीका खोटाङ जिल्लाका सभापति विष्णुकुमार राईलाई पनि एक वर्ष साधारण सदस्यतासमेत नरहने गरी निलम्बित गरिएको छ ।
पूर्वमन्त्री तथा कास्कीका पार्टी महाधिवेशन प्रतिनिधि कुमार खड्कालाई पनि एक वर्ष साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ ।
‘स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन– २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो /भिडियो लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरूका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निष्कासन÷निलम्बन गर्ने निर्णय गरिएको छ,’ अनुशासन समिति संयोजक ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई पनि कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार १ (एक) वर्ष साधारण सदस्यसमेत नरहने गरी हटाइएको विज्ञप्तिमा उल्लेख छ ।
धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव धनुषा जिल्ला सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं.२ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहानगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं.२ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं.१ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं.५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पार्टीको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) (ख) (घ) अनुसार ६ महिना कारबाही गरेको उल्लेख छ ।
त्यस्तै कांग्रेस कास्कीका निवर्तमान सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण