सुनकोशी र सप्तकोशी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह
बुधबार, २५ असार २०८२, २० : २०
सारांश
- उदयपुर जिल्ला प्रशासनले मनसुन सुरु भएसँगै विपद्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
- प्रशासनले सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- अति आवश्यक नपरी हिँडडुल नगर्न र रातको समयमा जोखिमपूर्ण सडकमा सवारी चलाउँदा सावधानी अपनाउन आग्रह छ।
उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो ।
वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ । यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण