बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लम्पी स्किनले पशु मर्न थाले, किसानलाई सहयोग गर्न आग्रह

बुधबार, २५ असार २०८२, २० : २५
बुधबार, २५ असार २०८२

सारांश

  • रौतहटको चन्द्रपुर नगर क्षेत्रमा लम्पी स्किन रोगका कारण गाईगोरु मर्न थालेका छन्, किसान चिन्तित छन्।
  • रोगका कारण एक किसानको गाईको मृत्यु भएको छ भने हालसम्म ४३ गाई र १ भैँसीमा संक्रमण देखिएको छ।
  • नगरपालिकाले खोप लगाउन थालेको छ र नगर प्रमुखलाई थप खोपको व्यवस्था गर्न आग्रह गरिएको छ।

रौतहट । लम्पी स्किन रोगले रौतहटको चन्द्रपुर नगर क्षेत्रका पशु मर्न थालेका छन् । चन्द्रपुर नगर क्षेत्रमा केही दिनयता लम्पी स्किन रोगको पशु कारण मर्न थालेपछि किसान चिन्तित भएका छन् । 

उक्त रोगकै कारण गत असार १९ गते चन्द्रपुर–८ मर्धरटोलका कृष्ण गौतमको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा सुलभ चौधरीले जानकारी दिए ।  लम्की स्किन रोगको उपचार गर्दागर्दै गौतमको गाई मरेको उनले बताए । उनका अनुसार हालसम्म चन्द्रपुर नगरक्षेत्रका–४३ वटा गाई र एउटा भैँसीमा उक्त रोगको सङ्क्रमण देखा परेको छ । 

अहिलेसम्म चन्द्रपुर १ मा १०, नं २ मा २५ वटा, वडा नं ४ मा दुई वटा, ८ मा चार वटा र वडा नं १० मा १० वटा गाईमा र वडा नं ५ को एउटा भैँसीमा सो रोग सङ्क्रमण देखिएको डा चौधरीले जानकारी दिए । उनका अनुसार वडा नं ३ मा भने वडा कार्यालयको आफ्नै बजेटबाट करिब दुई हजार दुई सय ५० वटा गाई र भैँसीलाई लम्की स्किन रोगविरुद्धको भ्याक्सिन लगाइएको छ । 

त्यसैगरी वडा नं ९ ले पनि आफ्नै बजेटबाट एक हजार ६ सयभन्दा बढी पशुलाई सो रोगविरुद्धको भ्याक्सिन लगाएको उनले जानकारी दिए ।
सबै वडामा सो रोगविरुद्धको खोप लगाउनका लागि पशुपालक किसानलाई आवश्यक सहयोग गर्न आफूले नगर प्रमुख सञ्जयकुमार काफ्लेलाई आग्रह गरेको उनले बताए। अहिले नगरभरीको पशुलाई उक्त रोगविरुद्ध १० हजार थान खोप आवश्यकता रहेको डा चौधरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप