पार्टीले कारबाही गरेपछि केसीले भने– ८४ मा आमनेसामने हुनेछौँ
पोखरा । पार्टीले निलम्बन गरेपछि नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले मैदान नछोड्ने प्रतिक्रिया दिएका छन् ।
‘म मैदान छोड्दिनँ र भाग्दिनँ पनि,’ उनले भने, ‘कसैले मलाई पार्टीबाट हटाएर आफ्नो सुरक्षित भविष्य खोज्नु भएको होला । तर २०८४ को चुनावी मैदानमा तपाईँहरू र म पुनः आमनेसामने हुनेछौँ ।’
हालका सभापति किशोरदत्त बरालको उजुरीका आधारमा उनलाई आज पार्टीले ३ महिनाका लागि निलम्बन गरिएको छ । २०७९ को निर्वाचनमा प्रमुख दाबेदार मानिएका केसीलाई छोडेर काँग्रेसले कास्की १ मा बराललाई टिकट दिएको थियो । एमालेका मनबहादुर गुरुङसँग पराजित भएपछि बरालले केसीका कारण पराजित भएको भन्दै उजुरी दिएका हुन् ।
केसीले सामाजिक सञ्जाल मार्फत पार्टीभित्र निष्ठावान र सङ्घर्षशील कार्यकर्ताको भन्दा गुट र नेताको चाकडी गर्नेहरूको मूल्याङ्कन भएको आरोप लगाएका छन् ।
‘नेपाली कांग्रेस कास्कीमा लामो समयदेखि निष्ठा, मिहिनेत र सङ्घर्ष प्राथमिकतामा छैन । बरु नेता र गुटको चाकडी, अस्वाभाविक स्वार्थको साझेदारी नै प्राथमिकताको आधार बनेको छ,’ उनले अघि भने, ‘मलाई निलम्बन गर्न सिफारिस गर्नेदेखि निरन्तर कारबाहीको माग गर्ने र तिनकै इसारामा निर्णय गर्ने नेता वर्गलाई धन्यवाद दिन चाहन्छु ।’
जुनसुकै भूमिकामा रहे पनि कास्कीको सामाजिक, राजनीतिक र विकासको अभियानमा निरन्तर जुटिरहने उनले बताए ।
‘जीवनको अन्तिम साससम्म कास्कीको सामाजिक, राजनीतिक र विकासको अभियानमा निरन्तर जुटिरहने छु,’ उनले भने । कास्की कांग्रेसका नेताहरू कारबाही पछि पक्ष र विपक्षमा उभिएका छन् । केहीले कारबाहीलाई अनुशासनसँग जोडेपनि धेरैले कारबाहीपछि झनै पार्टी कमजोर हुने आकलन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण