बुधबार, १३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलिदेखि नेपाल टेलिकमको मनसुन अफर : विभिन्न आकर्षक प्याकेज उपलब्ध

बुधबार, २५ असार २०८२, २२ : २६
बुधबार, २५ असार २०८२

काठमाडौँ । नेपाल टेलिकमले बिहीबार देखि लागू हुने गरी मनसुन अफर घोषणा गरेको छ । जसअन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध हुने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए । 

आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर ग्राहकले विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप