कर फर्स्योट प्रकरण
कर फर्स्योट प्रकरण: चूडामणि शर्मासहित तीनै अभियुक्त थुनामुक्त
बुधबार, २५ असार २०८२, २२ : ४६
सारांश
- आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा, कर फर्स्योट आयोगका अध्यक्ष र सदस्य थुनामुक्त भएका छन्।
- सर्वोच्च अदालतले विशेष अदालतको फैसला त्रुटिपूर्ण ठहर गर्दै पुनरावलोकन गर्न भनेपछि उनीहरू धरौटीमा छुटेका हुन्।
- उनीहरूमाथि व्यापारीलाई कर छुट दिएर राज्यलाई आर्थिक नोक्सानी पुर्याएको आरोप लागेको थियो।
काठमाडौँ । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा, कर फर्स्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल थुनामुक्त भएका छन्।
सर्वोच्च अदालतले विशेष अदालतको फैसला त्रुटिपूर्ण ठहर गर्दै पुनरावलोकन गर्न भनेपछि, उनीहरू धरौटीकै आधारमा बुधबार डिल्लीबजार कारागारबाट छुटेका हुन्।
सर्वोच्चले विशेष अदालतबाट यसअघि भएको फैसला त्रुटिपूर्ण ठहर गरी पुनः हेर्न भनेपछि उनीहरू यसअघि बुझाएको धरौटीकै आधारमा थुनामुक्त भएका हुन्।
शर्मासहित तीन जनामाथि व्यापारीलाई कर छुट दिएर राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अब विशेष अदालतको पुनः फैसलासम्म उनीहरू थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण