‘हेड टू हेड’ मा रियल र पीएसजी को बलियो ?
सारांश
- रियल मड्रिड र पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच फिफा क्लब विश्वकपको सेमिफाइनल खेल हुँदैछ।
- दुई क्लबबीचको हेड टू हेड नतिजामा रियल मड्रिड अगाडि रहेको छ, जसमा रियलले ५ खेल जितेको छ।
- च्याम्पियन्स लिगमा रियलले ४ पटक जितेको छ भने पीएसजीले २ पटक मात्र जित्न सफल भएको छ।
काठमाडौँ। फिफा क्लब विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी प्रतिस्पर्धा गर्दै छन् ।
खेल राति १२ः५५ मा सुरु हुनेछ । निकै नै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको खेलको हालसम्मको नतिजामा भने रियल बलियो छ ।
‘हेड टू हेड’ को रेकर्ड हेदा हालसम्म दुई क्लबबिच १२ खेल भएका छन् । जसमा रियलले ५ खेल जितेको छ भने पएसजीले ४ खेलमा जित हात पारेको छ। बाँकी ३ खेल बराबरीमा सकिएका छन्।
च्याम्पियन्स लिगमा बलियो मानिने दुई क्लबले लिगमा खेलेका ८ खेलमा रियलले ४ पटक जित दर्ता गरेको छ भने पीएसजीले २ पटक मात्र जित्न सफल भएको छ। दुई खेल बराबरीमा सकिएका छन् ।
दुई टोलीबिचको अन्तिम खेल सन् २०२२ को नकआउट चरणमा भएको थियो जसमा पहिलो खेलमा पीएसजीले १–० को अग्रता लिएको थियो । तर दोस्रो लेगमा रियलले ३–१ को नाटकीय जित निकालेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण