सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण
सारांश
- सिरहाको बरियारपट्टि गाउँपालिका-३ दलित बस्तीका विपन्नलाई ग्यास चुलो वितरण गरियो।
- वडाले रु १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर वितरण गरेको हो।
- वडाध्यक्षका अनुसार आगामी वर्ष मण्डल र मुखिया परिवारलाई पनि चुलो वितरण गरिनेछ।
सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ । वडाले रु १० लाखको बजेटबाट चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको हो ।
वडाध्यक्ष विनोदकुमार यादवका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । “पातपतिङ्गर र पराल बटुलेर खाना पकाउँदा आगलागीको खतरा बढ्ने भएकाले ग्यास चुलो वितरण गरेका हौँ”, उनले बताए ।
चमार टोलकी विन्दादेवी राम (४९) ले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताइन् । “अब धुँवामा बस्नुपर्दैन”, उनले खुसी साटिन्। वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि रु १० लाख बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ । “त्यसपछि वडाभरका सबै दलित बस्तीमा ग्यास चुलो पुग्नेछ”, उनले भने ।
यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ । आर्थिक वर्ष ०८०/०८१ मा रु नौ लाख खर्चेर रामपुर पिप्रा र तिलैया क्षेत्रका मुसहर बस्तीमा ग्यास चुलो जडान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण