रास्वपाद्वारा उम्मेदवार छनोट कार्यविधि स्वीकृत
सारांश
- रास्वपाले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरेको छ।
- पार्टीले छिट्टै इच्छुक व्यक्तिहरूबाट आवेदन माग गर्ने र मूल्याङ्कन गरी उम्मेदवार छनोट गर्नेछ।
- सहमहामन्त्री विपिनकुमार आचार्यलाई निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व दिइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरेको छ । बुधबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बुर्लाकोटीका अनुसार पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्ने बताएका छन् ।
‘सचिवालय बैठकले रुपन्देही जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूको रायका लागि पठाइएको छ’, उनले भने, ‘पार्टीले केही दिनभित्र कार्यविधिअनुसार उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गर्नेछ र प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी तय कार्यविधिअनुसार उम्मेदवार छनोट प्रक्रिया सञ्चालन गर्नेछ।’
साथै बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण