स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जना पक्राउ
सारांश
- रौतहट प्रहरीले स्रोत नखुलेको १२ लाखभन्दा बढी रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
- भारतबाट गौरतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्दा प्रहरीले रकम बरामद गरेको हो।
- पक्राउ पर्नेमा सर्लाही रामनगरका चन्दन पण्डित रहेका छन्, र उनीसँगै मोटरसाइकल पनि बरामद गरिएको छ।
रौतहट । रौतहटमा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बिहान भारतबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्दा प्रहरीले १२ लाख भन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको विशेष टोलीले गौर भन्सार नजिक जाँच गर्ने क्रममा सर्लाही रामनगर गाउँपालिका वडा नम्बर–२ बस्ने चन्दन पण्डितलाई पक्राउ गरेको हो । ब्याग बोकेर गौरतर्फ आइरहेका पण्डितले शङ्कास्पद गतिविधि गरेपछि नियन्त्रणमा लिइएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पण्डितको झोलाबाट स्रोत नखुलेको १२ लाख ७३ हजार ३ सय बरामद भएको डीआइजी चतुर्वेदीले बताए । उनका अनुसार उक्त झोलाबाट ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय फेला परेको छ ।
पैसाको स्रोत खुल्ने कागजात नदेखाएपछि उनलाई पक्राउ गरिएको उनको भनाई छ । साथै प्रहरीले पण्डितको साथबाट बीआर ०३ जे ९५४३ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरेको छ ।
स्रोत नखुलेको पैसा र मोटरसाइकलसहित पक्राउ परेका पण्डितलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण