कानुनी रूपमा कुनै अवरोध छैन, नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिन्छौँ : अध्यक्ष श्रेष्ठ
सारांश
- सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने पक्षमा देखिएका छन्।
- बोर्ड अध्यक्ष श्रेष्ठले लाइसेन्सका लागि कानुनी अवरोध नभएको र प्रक्रिया अगाडि बढेको बताए।
- उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नयाँ एक्सचेन्जको आवश्यकता नभएको सुझाव दिएको छ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने पक्षमा देखिएका छन् ।बिहीबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थ समितिको छलफलमा बोल्दै बोर्ड अध्यक्ष श्रेष्ठले लाइसेन्स दिनका लागि कुनै कानुनी अवरोध नरहेकाले आफूहरुले प्रक्रिया अगाडि बढाइसकेको बताए ।
उनले कुनै पनि हालतमा आफू नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने पक्षमा रहेको समितिलाई जानकारी दिए । उनले भने,‘ नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने नै हो । सेबोन निरन्तर त्यसको प्रक्रियामा छ । आवेदन दिएका तीन कम्पनीको नम्बरिङ गर्न मात्र बाँकी छ । अदालत, समिति लगायत निकायहरूले पनि लाइसेन्स दिन बाटो खुलाइसकेका छन्। कानुनीरूपमा कुनै अवरोध छैन ।’
उनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनको लागि कानुनले पनि नरोकेको बताए । सर्वोच्च अदालतको संवैधानिक इजालसले समेत नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन बाटो खोलेको बताए ।
सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको सुझाव दिएको छ । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स भन्दा पनि नेपाल स्टक एक्सचेन्जको पुनःसंरचना गर्न भनेको छ ।
तर, अध्यक्ष श्रेष्ठ भने जसरी भए पनि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण