सरकारलाई दिएको समर्थन फिर्ता लिन किन बहानाबाजी गर्दैछ जसपा नेपाल ?
सारांश
- जसपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको छैन, एक सांसद अनुपस्थित रहे।
- पार्टी अध्यक्ष उपेन्द्र यादवले समर्थन फिर्ता लिन नचाहेको आरोप र पार्टीभित्रै गुनासो बढेको छ।
- भूमि सम्बन्धी अध्यादेशको विषयमा कांग्रेससँग छलफल भइरहेको र फिर्ता भए समर्थन फिर्ता नलिने संकेत छ।
काठमाडौँ । सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको दाबी गरेको जसपा नेपालले औपचारिक निर्णय गरेर यसलाई कार्यान्वयन गर्न भने सकेको छैन ।
असार ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो भने यसबारे औपचारिक निर्णय गरेर कार्यान्वयन गर्ने जिम्मा संसदीय दललाई दिएको थियो ।
जसअनुसार बुधबार पार्टीको संसदीय दलको बैठक बसेको थियो, जहाँ प्रतिनिधिसभामा पाँच सिट रहेको सो पार्टीका एक जना सांसद (प्रकाश अधिकारी) भने अनुपस्थित थिए । जसका कारण समर्थन फिर्ता लिनेबारे निर्णय हुन नसकेको बैठकमा सहभागी एक नेताले रातोपाटीसँग बताए ।
तर सांसद अधिकारीलाई बहाना मात्र भएको र पार्टीले सरकारबाट समर्थन फिर्ता लिन नखोजेको उनको बुझाइ छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले नै समर्थन फिर्ता लिन नचाहेको र टार्न खोजिरहेका उनले आरोप लगाए ।
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेको १८ दिन भइसक्दा पनि औपचारिक निर्णय अझै नहुँदा पार्टीभित्रै पनि गुनासो बढिरहेको उनको भनाइ थियो ।
यसअघि अध्यक्ष यादवले चार वटा कारण देखाएर वर्तमान सरकारलाई दिएको समर्थ फिर्ता लिने बताएका थिए । जसमा संविधान संशोधन, सुशासन, आर्थिक समृद्धि र भ्रष्टाचार नियन्त्रण भनिएको थियो । तर यीमध्ये कुनै काम सन्तोषजनक नभएको उनको ठहर थियो ।
सरकारले संसद्मा पेस गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर पार्टीले कांग्रेससँग अझै पनि छलफल गरिरहेको छ । सरकारले उक्त विधेयक फिर्ता लिए आफूहरू समर्थन फिर्ता लिने निर्णयबाट ‘ब्याक’ हुन सकिने अवस्था रहेको एक नेता बताउँछन् ।
यसअघि पनि जसपा नेपालकै अडानका कारण भूमिसम्बन्धी अध्यादेश खारेज भएको थियो । अध्यादेश खारेज भएपछि सरकारले त्यसलाई विधेयकको रूपमा ल्याएको छ । त्यसप्रति पनि जसपा नेपालले आपत्ति जनाइरहेको छ ।
यस्तैमा नागरिक उन्मुक्ति पार्टीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । जसपा नेपालभन्दा धेरै पछि निर्णय गरेको यस पार्टीले प्रदेशदेखि संघसम्मका सबै सरकारबाट आफ्नो समर्थन फिर्ता लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण