देशभर कहाँ–कहाँ अवरूद्ध छन् सडक ?
सारांश
- बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्डहरू अवरुद्ध भएका छन्।
- रसुवागढी सडकदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध छन्।
- ७८ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन हुँदा यातायात अस्तव्यस्त बनेको छ।
काठमाडौँ । बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बिहीबार दिउँसोसम्म चीनसँगको नाका जोड्ने रसुवागढी सडकदेखि कर्णाली करिडोरसम्मका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । त्यस्तै ७८ वटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालनमा आउँदा सडक यातायात अस्तव्यस्त बनेको छ ।
मंगलबार बिहानै चीनतर्फबाट आएको बाढीले गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रसुवागढी, टिमुरे, लिङलिङ, रोंगा खण्डमा सडक अवरुद्ध बनेको छ ।
यो सडकको अवरोध हटाउन सडक आयोजनाले आवश्यक उपकरणसहित जनशक्ति खटाइसकेको छ । यस्तै मेची राजमार्गको ताप्लेजुङ –ओलङचुङगोला सडक खण्ड अन्तर्गत हेवाखोलामा पूर्णरूपमा अवरुद्ध बनेको छ ।
यसैगरी सालझण्डी–सन्धीखर्क–देवीस्थान,वुर्तिवाङ–ढोरपाटन सडकखण्ड अन्तर्गत अर्घखाँची घोलडाँडा र निगाली भन्ने स्थानमा बुधबार पहिरो जाँदा पूर्णरुपमा सडक अवरुद्ध बनेको छ । पहिरो सफा गर्ने मेसिन तयारी अवस्थामा रहेको जनाइएको छ ।
अरनीको राजमार्गअन्तर्ग दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड सिन्धुपाल्चोकको कोदारीमा बिहिबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कर्णाली करिडोर दक्षिण खण्ड खुलालु–हिल्साअन्तर्गत हुम्लाको नेराघाट मा बिहीबार पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ । विभागका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण