काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह
सारांश
- काठमाडौँ ट्राफिक प्रहरीले सवारी चालकहरूलाई अत्यावश्यक बाहेक हर्न नबजाउन आग्रह गरेको छ।
- काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण बढेको गुनासो बढेपछि प्रहरीले यस्तो आग्रह गरेको हो।
- अत्यावश्यक र विशेष परिस्थितिमा मात्र हर्न प्रयोग गर्न र कानुन उल्लंघन गरे कारबाही हुने सूचनामा उल्लेख छ।
काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालकहरूलाई अत्यावश्यक बाहेक हर्न नबजाउन आग्रह गरेको छ। काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग गरी ध्वनी प्रदूषण बढेको गुनासो बढेको भन्दै ट्राफिक प्रहरीले यस्तो आग्रह गरेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै हर्नको अत्यधिक प्रयोगले जेष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै सवारी चालकहरूलाई सचेत गराएको हो।
सूचनामा भनिएको छ, ’विगत केही समयदेखि काठमाडौँ उपत्यकामा अनावश्यक हर्न बजाई ध्वनी प्रदूषण बढेको जनगुनासो प्राप्त भएको छ। लाखौं सवारी साधन सञ्चालन हुने उपत्यकामा हर्न प्रयोग गर्दा जनस्वास्थ्यमा नकारात्मक असर पर्न गएको छ।’
कार्यालयले अत्यावश्यक र विशेष परिस्थितिमा मात्र हर्न प्रयोग गर्न र अन्यथा हर्न बजाएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (१) ३ बमोजिम कारबाही गरिने पनि जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण