शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेस्डर

बिहीबार, २६ असार २०८२, २१ : १३
बिहीबार, २६ असार २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन् । बिहीबार आयोजित एक कार्यक्रममा क्लथिङ ब्राण्ड डेनिम एण्ड डेभिल र लेग स्पीनर सन्दीप लामिछानेबिच सम्झौता भएको हो । 

सम्झौतामा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीप लामिछानेले हस्ताक्षर गरे । सम्झौता अवधि तीन वर्षको रहेको सिइओ काफ्लेले जानकारी दिए । सम्झौताको आर्थिक पाटोल भने दुवै पक्षले खुलाएको छैन ।

सम्झौतापछि बोल्दै सन्दीपले डेनिम एण्ड डेभिल्ससँग आफ्नो सम्बन्ध सुरुवात देखि नै रहेको र लामो कथा रहेको बताए । सिइओ घनश्याम काफ्लेले सन्दीपसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप