आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

खुकुरी प्रहार गर्ने किशोर पक्राउ

बिहीबार, २६ असार २०८२, २१ : ३९
बिहीबार, २६ असार २०८२

सारांश

  • तनहुँको व्यास नगरपालिकामा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन्।
  • १९ वर्षीय विशाल मल्ल ठकुरीले ५६ वर्षीय सिद्धबहादुर ठकुरीलाई खुकुरी प्रहार गरेका थिए।
  • घाइतेलाई अस्पताल लगिएको छ भने खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १ भादगाउँमा खुकुरी प्रहार गरी एक जनालाई घाइते बनाएको आरोपमा एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, बिहीबार साँझ करिब ७: ३५ बजे सोही ठाउँका १९ वर्षीय विशाल मल्ल ठकुरी र ५६ वर्षीय सिद्धबहादुर ठकुरीबिच झगडा भएको थियो। झगडाकै क्रममा विशालले खुकुरी प्रहार गर्दा सिद्धबहादुर गम्भीर घाइते भएका थिए।

घाइते सिद्धबहादुरलाई तत्काल उपचारका लागि रत्नहरि अस्पताल दमौली पठाइएको छ। खुकुरी प्रहार गर्ने ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप