रसुवा बाढीमा बेपत्ता थप दुई जनाको शव फेला
बिहीबार, २६ असार २०८२, २२ : ३४
सारांश
- असार २४ गतेको बाढीले बगाएका मध्ये थप २ जनाको शव फेला परेको छ।
- बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ, जसमा सेना, प्रहरी र सशस्त्र प्रहरी संलग्न छन्।
- हालसम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अङ्ग फेला परेका छन्।
काठमाडौँ । असार २४ गते मध्यरातमा ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीले बगाएकाहरूमध्ये थप २ जनाको शव फेला परेको छ । चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेज पुलमा २ जनाको शव फेला परेको हो ।
अन्य बेपत्ता भएकाहरूको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षाकर्मीले भोटेकोसी र त्रिशूलीको दुवै किनारामा खोजी कार्य जारी राखेको सशस्त्र प्रहरीले जनाएको छ ।
असार २४ गते मध्यरातमा आएको बाढीले ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बगेर बेपत्ता भएका थिए । हालसम्म ६ जनाको शव फेला परेको छ भने ५ वटा मानव अङ्ग फेला परेको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको छ बाँकी शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण