बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इतिहासकै सबैभन्दा महँगो ह्यान्डब्याग, करिब १.३ अर्ब रुपैयाँमा बिक्री

शुक्रबार, २७ असार २०८२, ०६ : १४
शुक्रबार, २७ असार २०८२

सारांश

  • प्रसिद्ध बर्किन झोला लिलामीमा ८.६ मिलियन युरोमा बिक्री भयो, जुन ह्यान्डब्यागको लागि अहिलेसम्मकै उच्च मूल्य हो।
  • यो झोला सन् १९८५ मा गायिका जेन बर्किनका लागि बनाइएको थियो, र हर्मेसका मालिकसँगको कुराकानीबाट यसको डिजाइन सुरु भएको थियो।
  • पेरिसमा भएको लिलामीमा जापानका एक निजी सङ्कलकले झोला किनेका थिए, जसले अघिल्लो रेकर्डलाई उछिन्यो।

पेरिस । फेसनको इतिहासमा सबैभन्दा प्रतिष्ठित मानिने मौलिक बर्किन झोला हालै लिलामीमा ८.६ मिलियन युरो (१.३ अर्ब नेपाली रुपैयाँभन्दा बढी) मा बिक्री भएको छ। यो अहिलेसम्म लिलामीमा बिकेको सबैभन्दा मूल्यवान् ह्यान्डब्याग बनेको छ।

कालो छालाको यो झोला सन् १९८५ मा गायिका जेन बर्किनका लागि बनाइएको थियो। जब बर्किन एक उडानमा लक्जरी फेसन हाउस हर्मेसका मालिकको छेउमा बसिरहेकी थिइन्, उनको झोलाबाट सामान पोखिएको थियो। 

उनले तपाईंहरु किन ठूला झोलाहरू बनाउनु हुँदैन भनेर सोधिन् । त्यसपछि हर्मेसका मालिकले विमानको ‘सिक ब्याग’मै नयाँ, व्यावहारिक तर आकर्षक झोलाको डिजाइन कोरेका थिए।

shutterstock-editorial-255529e-20250709195728060

उनले बनाएको त्यो प्रोटोटाइप बिहीबार पेरिसको सोथेबिजमा जापानका एक निजी सङ्कलकलाई बिक्री गरिएको हो। यसले अघिल्लो रेकर्ड ४ लाख ३९ हजार युरोलाई धेरै पछाडि पारेको छ।

लिलामी घरका अनुसार, ‘नौ दृढ सङ्कलकहरू’ बिच १० मिनेटसम्म बोली युद्ध चलेको थियो।

कुल ८५ लाख ८२ हजार ५०० युरोमा कमिसन र शुल्कहरू समावेश छन्। सोथेबिजले लिलामीअघि यसको अनुमानित मूल्य सार्वजनिक गरेको थिएन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप