एसीसी यू–१६ इस्ट जोन कप
एसीसी यू–१६ इस्ट जोन कप जित्ने खेलाडीले जनही ५० हजार पुरस्कार पाउने
शुक्रबार, २७ असार २०८२, १० : ५१
सारांश
- मलेसियामा सम्पन्न एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जित्ने खेलाडीहरूले जनही ५० हजार पुरस्कार पाउने भएका छन्।
- नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी र अफिसियललाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ।
- नेपालले सिंगापुरलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो।
काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जित्ने खेलाडीहरूले जनही ५० हजार पुरस्कार रकम पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही ५० हजार रुपैयाँ हौसला स्वरूप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए ।
प्रतियोगितामा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतियोगितामा नेपाल, भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण