वैदेशिक रोजगार पलायन होइन: सचिव पुष्कर
सारांश
- श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्नु गलत भएको बताए।
- उनले ठुलाबडाका सन्तान विदेशमा गएर बस्दा पलायन नहुने तर श्रमिक विदेश जाँदा पलायन भनिने कुराको विरोध गरे।
- उनका अनुसार, वैदेशिक रोजगार पलायन नभई आर्थिक गतिविधि र अनुभव सिक्ने अवसर हो।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताएका हुन्।
यो भाष्य ठुला बडाहरूले फैलाउने गरेको उहाँको भनाइ छ । ठुला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘एउटा गलत न्यारेटिभ नेपालमा के देखिएको छ भने श्रम आप्रवासन, पलायन, पलायन, पलायन भन्ने गरिएको छ । बुझेर हो कि नबुझेर हो हामीलाई थाहा छैन । तर वैदेशिक रोजगार पलायन होइन । यो फ्लाइट होइन । यो सोर्स अफ इकोनोमिक एक्टिभिटिज हो । अनुभव सिक्ने अवसर पनि हो ।’
‘ठुला बडाका सन्तान विदेशमा पढ्न जाने, उहीँ पिआर लिने, ग्रिन कार्ड लिने, त्यो चाहिँ पलायन होइन रे । तर हाम्रा रोजगार नपाएका नागरिकहरू साउदी, कतार, दुबई, मलेसियामा गएर काम गर्दा पलायन भएको हुन्छ ? शोषकहरूले एउटा सोझा, साझा, इकोनोमिक सेक्सनका विक रहेको मान्छेहरूलाई शासन गर्ने संयन्त्रको रूपमा होइन, षड्यन्त्रको रूपमा लिएका छौँ । त्यसैले ठुलाबडाहरू जहिले पनि वैदेशिक रोजगारलाई पलायन भन्छ,’ उनले थपे ।
उनले अध्यागमनको तथ्याङ्कअनुसार करिब ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण