समाचार
बालेन, डङ्गोल र गुरागाईं ७ महिनापछि आमनेसामने
शुक्रबार, २७ असार २०८२, १२ : २२
सारांश
- काठमाडौं महानगरपालिकामा मेयर बालेन, उपमेयर सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत ७ महिनापछि एकैठाउँमा भेटिए।
- आगामी आर्थिक वर्षको बजेटको लागि बैठकमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको भेट भयो।
- २०८१ पुसपछि बोलचाल बन्द गरेका बालेन र गुरागाईं आजको बैठकमा सहभागी भए।
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा ७ महिना पछि मेयर बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत आमनेसामने भएका छन् । आगामी आर्थिक वर्षको बजेटको लागि मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठकमा ७ महिनापछि बालेन र गुरागाईंको भेट भएको हो ।
२०८१ पुसको पहिलो हप्ता बसेको कार्यपालिका बैठक पछि मेयर बालेनले गुरागाईंसँग बोलचाल बन्द गरेर भेट गरेका थिएनन् । तर आज समितिको बैठकमा बालेनले अध्यक्षता गरेका हुन् भने गुरागाईं सदस्य सचिव रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण