चलचित्र ‘एक्का तीन’ निर्माणको घोषणा
काठमाडौँ । गत वर्ष चलचित्र ‘दान्भी’ निर्देशन गरेका रुपेश तामाङले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । शुक्रबार उनले नयाँ चलचित्र ‘एक्का तीन’ निर्माण गर्ने भएका हुन् । सुमन गजमेरको लेखन रहने यो चलचित्रलाई सन् २०२६ मा प्रदशर्न गर्ने घोषणा गरिएको छ ।
थीम पोस्टरमा तीन जना पात्र छन् । जसमा दुई पुरुष र एक महिलालाई स्थान दिइएको छ । चलचित्रको मुख्य भूमिकामा नायिका पूजा शर्माले काम गर्ने पक्का भइसकेको छ । तर, अन्य मुख्य पात्रहरूको बारेमा निर्माणपक्षले खुलाएको छैन । ‘एक्का तीन–च्याप्टर १’ भनिएकाले पनि यो चलचित्रको दोस्रो सिरिज पनि बन्ने सङ्केत निर्माणपक्षले दिएको छ ।
यसपटक चलचित्रमा एक्सन, सस्पेन्स र बलियो कथा रहेको निर्देशक तामाङको भनाई छ । आफूले यसअघिका चलचित्रमा गरेका कमीकमजोरीलाई समेत सच्चाएर यो चलचित्र निर्देशन गर्ने तामाङले बताए। चलचित्रकाे छायाङ्कन चाँडै नै सुरु हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण