विमानस्थलका अध्यागमन कर्मचारीले अबदेखि ‘वेलकम टु नेपाल, ह्याव अ नाइस डे’ भन्नैपर्ने
सारांश
- त्रिभुवन विमानस्थल अध्यागमनले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ।
- अब कर्मचारीले यात्रुलाई विनम्र र मर्यादित व्यवहार गर्नुपर्नेछ, वेलकम र बिदाइ गर्दा शुभकामना दिनुपर्नेछ।
- यात्रुको प्रतिक्रियाका लागि 'एक्जिट-सर्भे' प्रणाली सुरु गरिएको छ, जसले सेवाको स्तरबारे जानकारी दिनेछ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले आफ्ना कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ। आचारसंहिताअनुसार अब कर्मचारीहरूले यात्रुसँगको व्यवहारमा अनिवार्य रूपमा विनम्र र मर्यादित हुनुपर्नेछ।
अध्यागमन कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार नेपाल आउने विदेशी पर्यटक वा स्वदेशी नागरिकलाई कर्मचारीले कम्तीमा Welcome to Nepal, Have a nice day (नेपालमा स्वागत छ, तपाईंको दिन शुभ रहोस्) भन्नुपर्नेछ।
त्यसैगरी नेपालबाट बाहिरिने यात्रुहरूलाई "Have a nice journey" (तपाईंको यात्रा सुखद रहोस्) भनेर बिदाइ गर्नुपर्नेछ । प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले जारी गरेको सूचना अनुसार अध्यागमन प्रशासनसँग सम्बन्धित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा सिद्धान्तअनुरूप सेवा प्रवाहलाई थप छिटोछरितो, निष्पक्ष, पारदर्शी र परिणाममूलक बनाउन आचारसंहिता लागू गरिएको हो ।
खाडी मुलुकलगायतमा श्रम र काम गर्न जानेहरूसँग सम्मानपूर्वक शब्दहरू प्रयोग गर्ने, कुनै पनि यात्रुसँग रूखो व्यवहार नगर्ने, बोली र बचनमा मिठासपना दिनुपर्नेछ। नेपालका विमानस्थलका कर्मचारीहरू एकदमै रूखो बोल्ने गरेको भन्दै चर्को आलोचना हुने गरेको छ। त्यसलाई सुधार गर्दै यात्रुहरूलाई सम्मानजनक व्यवहार गर्नुपर्ने बताए ।
विमानस्थल देशको मुहार झल्काउने ठाउँ भएकाले पर्यटकहरूसँग बोलीबचन र हाउभाउले आत्मीयता प्रदान गर्नुपर्ने जनाइएको छ।
आचारसंहिताको पालना भए–नभएको यकिन गर्न कार्यालयले यात्रुहरूका लागि तत्कालै प्रतिक्रिया दिने प्रणाली ‘एक्जिट–सर्भे’ पनि सुरु गरेको छ। हाल कार्यालयको १५ वटा डेस्कमा यो सुविधा उपलब्ध गराइएको छ। जहाँ यात्रुले आफूले पाएको सेवाको स्तरबारे तुरुन्तै आफ्नो सन्तुष्टि व्यक्त गर्न सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण