साफ यू–२० महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपालकाे विजयी सुरुवात
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ६–० गोल अन्तरले हराएको हो ।
नेपालका लागि पूर्णिमाले ह्याटिक गरिन । त्यस्तै सेनु परियारले २ गोल गरिन्। केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन्।
खेलको नवौं मिनेटमै नेपालले सेनुको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। १८औं मिनेटमा पूर्णिमाले अग्रता दोब्बर बनाइन्। ४५औं मिनेटमा सेनुले व्यक्तिगत दोस्रो गोल गरिन्।
५४औं मिनेटमा भुटानले गोल फर्कायो। भुटानकी केल्देनले गोल गरिन्। ६३औं मिनेटमा पूर्णिमाले अग्रता ४–१ मा पुर्याइन्। पूर्णिमाले ८३औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
त्यसपछि ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा पुर्याइन् । योसँगै नेपालले ३ अंक जोडेको छ।
बङ्गलादेशमा आजबाट साफ यू–२० महिला च्याम्पियनसिप सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण