विमान दुर्घटना
एयर इन्डिया विमान दुर्घटनामा पाँच घर ध्वस्त: प्रारम्भिक रिपोर्ट
शनिबार, २८ असार २०८२, ०३ : २८
सारांश
- एयर इन्डिया फ्लाइट १७१ दुर्घटनामा पाँच घर पूर्ण रूपमा ध्वस्त भए।
- दुर्घटना भारतको अहमदाबादको बाक्लो बस्तीमा १२ जुनमा भएको थियो।
- विमान जमिनमा रहेका घरहरूमा ठोक्किएर आगो लागेको थियो, जसमा ३० जनाको ज्यान गएको थियो।
काठमाडौँ । एयर इन्डिया फ्लाइट १७१ को दुर्घटनामा कम्तीमा पाँचवटा घर पूर्ण रूपमा ध्वस्त भएको प्रारम्भिक रिपोर्टले देखाएको छ। गत १२ जुनमा भएको यो दुर्घटना भारतको पश्चिमी सहर अहमदाबादको बाक्लो बस्तीमा भएको थियो।
रिपोर्ट अनुसार, ‘विमान जमिनमा रहेका घरहरूमा ठोक्किएर नष्ट भयो र त्यसपछि आगो लागेर पूर्ण रूपमा जलेको हो।’
यसअघि, विमान दुर्घटनामा जमिनमा रहेका झन्डै ३० जनाको पनि ज्यान गएको बताइएकाे थियाे।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनकाे नियमअनुसार दुर्घटनाको ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन पेश गर्नुपर्ने प्रावधानअनुसार यो रिपोर्ट सार्वजनिक गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण