लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सी रिटायर गर्ने
सारांश
- लिभरपुलले डियोगो जोटाको सम्मानमा २० नम्बरको जर्सी रिटायर गर्ने निर्णय गरेको छ।
- जोटाको कार दुर्घटनामा निधन भएपछि क्लबले उनको सम्मानमा यस्तो निर्णय लिएको हो।
- जोटाले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए र क्लबलाई उपाधि दिलाएका थिए।
एनफिल्ड । लिभरपुलले फरवार्ड डियोगो जोटाको सम्मानमा २० नम्बरको जर्सी रिटायर गर्ने भएको छ। जोटाको आफ्ना भाइ आन्द्रे सिल्भासँग कार दुर्घटनामा दुःखद निधन भएको थियो।
लिभरपुलले जोटाकी पत्नी रुटे कार्डोसो र उनको परिवारसँग परामर्श गरेपछि यो निर्णय लिएको हो, जसको अर्थ पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी ‘सधैं लिभरपुलको नम्बर २० रहनेछन्’।
‘यो नम्बर ‘डियोगोको सम्मान र सम्झनामा सबै तहमा’ रिटायर गरिनेछ, जसमा महिला टोली र एकेडेमी पनि समावेश छन्,’ लिभरपुलले विज्ञप्तिमा भनेको छ ।
जोटा २०२० मा वुल्भ्सबाट लिभरपुलमा आएका थिए र क्लबका लागि १८२ खेलमा ६५ गोल गरेका थिए।
उनले क्लबलाई २०२२ मा एफए कप र लिग कप जित्न पनि मद्दत गरे । गत सिजन प्रिमियर लिगको उपाधि पनि जिते।
यो लिभरपुलको २० औँ लिग उपाधि थियो र लिभरपुलले शुक्रबार स्थानीय समयअनुसार २०:२० बजे 'सधैँ हाम्रो नम्बर २०' सन्देशसहित सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेको थियो।
जोटा र उनका भाइको जुलाई ३ मा राति १२:३० बजेतिर उनीहरू सवार ल्याम्बोर्गिनी कार अर्को गाडीलाई ओभरटेक गर्दा टायर पन्चर भएर दुर्घटना हुँदा मृत्यु भएको थियो।
जोटा प्रि-सिजनका लागि लिभरपुल फर्किँदै थिए । डाक्टरहरूले उनलाई शल्यक्रिया भएकोले उडान नगर्न सल्लाह दिएकाले उनी कार र त्यसपछि जहाजबाट यात्रा गर्दै थिए। उनीहरूको अन्त्येष्टि गत शनिबार गृहनगर गोन्डोमारमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण