मोरङका विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ
सारांश
- मोरङ प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ, जसमा ब्राउन सुगर र गाँजा बरामद गरिएको छ।
- पथरी शनिश्चरेमा ७६० मिलिग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्, भने कानेपोखरीमा स्पासपेन र ट्रमाडोल बरामद गरिएको छ।
- धनपालथानमा ३५ किलो बढी गाँजा बरामद हुनुका साथै विराटनगरमा मोटरसाइकलसहित १५ किलो गाँजा फेला परेको छ।
मोरङ । मोरङका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले ठुलो मात्रामा ब्राउन सुगर र गाँजासहित विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
असार २७ गते, इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे नगरपालिका– १ का २६ वर्षीय युवराज थापा मगरलाई उनकै घरबाट ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी प्रहरी चौकी रमाइलोले कानेपोखरी गाउँपालिका–२ का २५ वर्षीय सञ्जय चौधरीलाई ९० चक्की स्पासपेन र १०५ चक्की ट्रमाडोलसहित नियन्त्रणमा लिएको छ।
यता, धनपालथान गाउँपालिका-१ स्थित उखुबारीभित्रबाट ३५ किलो ३०४ ग्राम गाँजा बरामद भएको छ। यो गाँजा इलाका प्रहरी कार्यालय रङ्गेली, प्रहरी चौकी गडेरिया र अमाहिबरियातीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यसै क्रममा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर–१३ बाट को–१० प ७०७२ नम्बरको मोटरसाइकल चालक विराटनगर–४ का ४७ वर्षीय बैजनाथ चौधरी र पछाडि सवार धनकुटा नगरपालिका–८ का ४८ वर्षीय निर्पेश राईलाई १५ किलो ३५ ग्राम गाँजासहित पक्राउ गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण