पतिले श्रीमतीलाई पेट्रोल पम्पमै बिर्सिए, ३०० किलोमिटरपछि मात्र थाहा पाए
सारांश
- पेरिसका एक व्यक्तिले श्रीमतीलाई पेट्रोल पम्पमा बिर्सेर ३०० किलोमिटर टाढा पुगेपछि मात्रै थाहा पाए।
- प्रहरीले मोबाइल ट्र्याकिङको माध्यमबाट महिलालाई फेला पारेको थियो, जुन ड्यूक्स-सेभ्रेसको मोटरवे सर्भिस स्टेसनमा फेला परेको थियो।
- प्रहरीले अनुसन्धानपछि ती व्यक्तिको गल्तीले श्रीमती छुटेको निष्कर्ष निकाल्यो, र उनीहरूलाई मोरक्कोको यात्रा पुनः सुरु गर्न अनुमति दिइयो।
पेरिस । गत जुलाई ५ मा पेरिसका एक व्यक्ति आफ्नी श्रीमती र छोरीका साथ कारमा मोरक्कोका लागि छुट्टीमा निस्किए। बाटोमा उनीहरूले धेरै पेट्रोल पम्पमा विश्राम गरे, तर एउटा यस्तै विश्रामका क्रममा अनौठो घटना भयो।
बिहान करिब ४ः ३० बजेतिर ती व्यक्ति, जसको नाम सञ्चारमाध्यमले खुलाएका छैनन्, आफ्नी श्रीमतीलाई पेट्रोल पम्पमै बिर्सेर हिँडे। उनलाई आफ्नो गल्ती करिब ३०० किलोमिटर यात्रा गरिसकेपछि मात्र थाहा भयो। त्यसपछि उनले तुरुन्तै आपत्कालीन सेवामा फोन गरेर सहयोग मागे।
यो एकदमै अनौठो घटना थियो, किनकि उनले आफ्नी श्रीमतीलाई पेट्रोल पम्पमा कसरी बिर्से भनेर मात्र होइन, कुन पेट्रोल पम्पमा बिर्से भन्ने कुरा सम्झन पनि उनलाई गाह्रो भइरहेको थियो। ‘हामीलाई बिहान ८ : ३० बजेतिर यो निकै अनोठो फोन आयो,’ फ्रान्सको लार्ड्स क्षेत्रको जेन्डरमेरीले बतायो, ‘ती व्यक्तिलाई आफू कहाँ र कहिले रोकिएको थियो भन्ने कुरा याद थिएन। उनले ओर्लियन्स नजिकै विश्राम गरेको उल्लेख गरे। हामीले हाम्रा सहकर्मीहरूलाई त्यहाँ जाँच गर्न सम्पर्क गर्यौँ।’
चाखलाग्दो कुरा के छ भने, दम्पतीकी २२ वर्षीया छोरी पूरै समय कारमा थिइन्, तर उनी निदाइरहेकी थिइन् र बुबाले आमालाई कहाँ बिर्से भन्नेबारे उनलाई पनि कुनै जानकारी थिएन, जसले गर्दा उनले प्रहरीलाई खासै सहयोग गर्न सकिनन्।
प्रहरीले राजमार्गका धेरै विश्रामस्थलहरूमा जाँच गर्दा पनि हराएकी महिलालाई फेला पार्न सकेन, जसले गर्दा स्थिति झन् तनावपूर्ण बन्यो। प्रहरीलाई ६२ वर्षीय ती व्यक्तिले जानाजानी श्रीमतीलाई बिर्सेको पो हो कि भन्ने शङ्का लाग्न थाल्यो।
भाग्यवश, यो अनौठो कथाको सुखद अन्त्य भयो । प्रहरीले मोबाइल नेटवर्क अपरेटरको सहयोगमा महिलाको फोन ट्र्याक गरेर उनलाई फेला पार्न सफल भयो। उनी ड्यूक्स–सेभ्रेसस्थित एउटा मोटरवे सर्भिस स्टेसनमा थिइन्, जहाँ उनका पतिले आफूलाई बिर्सेको थाहा
पाएको ठाउँबाट ३०० किलोमिटर टाढा थियो। ती महिला बिहान ४ः ३० बजेदेखि परिवार फर्कने प्रतीक्षामा त्यहीँ बसिरहेकी थिइन्। छोटो अनुसन्धानपछि, प्रहरीले ती पेरिसका व्यक्तिले साँच्चै आफ्नी श्रीमतीलाई बिर्सेको निष्कर्ष निकाल्यो। अन्ततः परिवारको पुनर्मिलन भएपछि उनीहरूलाई मोरक्कोको यात्रा जारी राख्न अनुमति दिइयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण