घुस काण्डमा मुछिएका एमालेका मन्त्रीहरूलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : कांग्रेस नेता रसाइली
सारांश
- कांग्रेस नेता रसाइलीले घुस प्रकरणमा मुछिएका एमाले मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए।
- सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमिमन्त्री बलराम अधिकारी घुस काण्डमा मुछिएको आरोप छ।
- एमाले नेता तामाङले सरकारले गलत काममा संरक्षण नगर्ने र राष्ट्रपति भण्डारीको सक्रियता बहसको विषय भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाश रसाइली ‘स्नेही’ ले घुस काण्डमा मुछिएका नेकपा (एमाले) का मन्त्रीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रसाइलीले मन्त्रीहरू आफैँले नैतिकताको आधारमा राजीनामा नदिने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई बर्खास्त गर्नुपर्ने बताएका हुन् । सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले घुस डिल गरेको अडियो रेकर्ड बाहिरिएको थियो । उक्त प्रकरणमा भूमिमन्त्री बलराम अधिकारी पनि जोडिएका छन् । अधिकारी र गुप्ता दुवै एमालेका मन्त्री हुन् ।
‘त्यसमा सरकारले आन्तरिक छानबिन पनि गर्ने, मन्त्रीको नाम आइसकेपछि, मन्त्रीको भ्वाइस रेकर्ड नै बाहिर आएपछि त्यसमा सरकारको आन्तरिक छलफलको विषय पनि बनाउनुपर्छ । सरकारका मन्त्रीहरूले पनि नैतिकता प्रदर्शन गर्नुपर्छ । मूलधारका मिडियामा सरकारका मन्त्रीहरूको वार्तालाप नै बाहिर आयो । यसले सरकारमाथि चुनौती थपिएको छ । सरकारले यसमा छानबिन पनि गर्नुपर्छ । सरकारका मन्त्रीहरूले नैतिकता पनि देखाउनुपर्छ । पहिलो कुरा मन्त्रीहरूले राजीनामा दिनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’ रसाइलीले भने ।
साथै, उनले एक वर्षे कार्यकालमा सरकारले एकदमै उत्कृष्ट अङ्क ल्यायो भन्न सकिने अवस्था नरहेको बताए । सरकारका केही मन्त्रीहरू र प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न खोजेजस्तो हुटहुटी भने देखिएको उनको बुझाइ छ । उनले सरकारले नेपाली जनताको चाहनाअनुसार काम गर्न नसकेको बताए । यद्यपि, सरकार पूर्णरुपमा असफल भने नभएको उनको दाबी छ ।

यसैगरी, नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले सरकारले गलत काममा कसैलाई पनि संरक्षण नगरेको बताए । मन्त्रीहरूको घुस प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुने उनले बताए । ‘मन्त्रीज्यूले मेरो होइन भनिराख्नुभएको छ । सत्यतथ्य आयो भने जो दोषी हुन्छ, ऊ कारबाहीमा पर्छ । कसैलाई पनि संरक्षण गरिएको छैन, कसैलाई पनि संरक्षण गरिँदैन,’ उनले भने ।
साथै, विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयलाई लिएर पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने कोसिस भइराखेको उनले बताए । उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु बहसको विषय हुनसक्ने बताए । तर, यसलाई अहिले एमालेसँगमात्रै जोडेर बहस गरिन नहुने उनले बताए । उनले एमालेको अध्यक्ष केपी ओली हुने कि विद्या भण्डारी हुने भन्ने कुरा एमालेको महाधिवेशनले बताउने उनले बताए ।
‘उपाध्यक्ष भइसकेको मान्छे अब अध्यक्ष नै हुने होला भन्ने बजारमा चर्चा छ । एमालेलाई कमजोर बनाउन सकिन्छ कि, यसको नेतृत्वलाई कमजोर बनाउन सकिन्छ कि ? कुनै पनि हालतमा एमालेलाई कमजोर बनाउन नसकेपछि अरू पार्टीका साथीहरूले गरिराखेका छन् । एमालेलाई धुजा–धुजा बनाउने पर्यन्त गरिएको थियो । अध्यक्ष कमरेड ओलीले एमालेलाई एकीकृत राख्न सफल हुनुभयो,’– उनले भने ।
उनले एमालेको ११औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने बताए । ‘जो बन्छ, पार्टीको सर्वसम्मत केपी ओलीको नेतृत्वले सर्वसम्मत तरिकाले एमालेको महाधिवेशनमा नेतृत्व चयन हुन्छ । यसमा हामी ढुक्क छौँ,’– उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
-
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाद्वारा होन्डुरस पराजित
-
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
-
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
कास्कीमा प्रहरीको ‘स्वीप अप्रेसन’, ४० सवारी साधन कारबाहीमा
-
न्याय पाउने आशासहित मातृभूमि फर्किएको छु : धुर्मुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण