सातै प्रदेश काम लाग्दैन, राज्य पुनःसंरचना फेरि हुनुपर्छ : उपेन्द्र यादव
सारांश
- उपेन्द्र यादवले सातै प्रदेश काम नलाग्ने र राज्यको पुनःसंरचना हुनुपर्ने बताए।
- उनले दलित, पिछडावर्ग लगायतका समुदायलाई एकताबद्ध गरी परिवर्तनका लागि संघर्ष गर्नुपर्नेमा जोड दिए।
- यादवले जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने र समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने धारणा राखे।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका सातै प्रदेश काम नलाग्ने र राज्य पुनःसंरचना पुनः गरिनुपर्ने माग राखेका छन् ।
दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेला एवं ‘समानता र समाजिक न्यायको अधिकार’ विषयक अन्तरक्रियामा उनले परिवर्तनका लागि एकता आवश्यक रहेको कुरामा पनि जोड दिए ।
परिसंघ स्थापनाको उद्देश्य नै सबैलाई एकताबद्ध गर्न भएकाले शोषण उत्पीडनमा परेकालाई एकताबद्ध गरी परिवर्तनका लागि संघर्ष गर्ने बताए । जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने र यही नै लोकतन्त्रको मुख्य मान्यता भएको उनको बुझाइ थियो ।
'जबसम्म सबै उत्पीडित समुदाय एकताबद्ध हुँदैनन्, तबसम्म परिवर्तन हुँदैन,' उनले भने, ‘यहाँ फुटाउ र राज गर नीतितहत राज्यले विभिन्न शक्तिलाई अलगअलग गरेर शासन गरिरहेको छ, अब अलग होइन, एकताको जरुरी छ ।'
डोटिम सबै उत्पीडित समुदायका लागि साझा मञ्च रहेको बताएका उनले अल्पसंख्यकलाई झन् कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए ।
'कुनै पनि मानिस जन्मले, जातले, धर्मले ठुलो हुँदैन, कामले ठुलो हुने हो,' अध्यक्ष यादवले भने, 'जोसँग क्षमता हुन्छ त्यो नै ठुलो हो ।' समाजमा म ठुलो, त्यो सानो भनेर भेदभाव भइरहेकाले समाज विभाजन भएको उनको भनाइ थियो । भने, ‘पहिचानको आधारमा भेदभाव गर्न हुनुहुँदैन, पहिचान प्राप्तिका लागि भेदभाव अन्त्य गर्नुपर्छ ।'
'नेपालमा समानता छैन, सबभन्दा बढी दलित समुदाय पिछडिएको छ,' उनले भने, 'यो पुँजीवादी व्यवस्थामा दलितले चुनावमै प्रतिस्पर्धा गर्न सक्दैन, जब प्रतिस्पर्धा गर्न सकिँदैन, अनि जहिले पछाडि परिरहन्छन् ।' उनले अहिलेको निर्वाचन प्रणाली पूरै काम नलाग्ने पनि बताए । सबैको समान प्रतिनिधित्व गराउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिएका उनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी प्रमुख चयन गरिनुपर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण