एमाले अहिले पनि नौजवान पार्टी हो : भट्टराई
सारांश
- एमाले सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पुराना नहुने बताए।
- उनले रास्वपा लगायतका नयाँ दलहरू पुराना दलको स्थान लिने आशमा रहेको आरोप लगाए।
- भट्टराईले एमाले ७० वर्ष पुरानो भए पनि आज नौजवान पार्टी भएको दाबी गरे।
भक्तपुर ।नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टराईले 'पुराना राजनीतिक दलहरू सकिए र पुराना दलहरूको स्थान नयाँले लिन्छन्' भन्ने भाष्य सिर्जना गरिएको धारणा व्यक्त गरे।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दलहरू त्यसमा आश गरेर बसिरहेको बताए। भट्टराईले रास्वपा 'पुराना दलहरू कहिले सकिएलान् र त्यो ठाउँमा बसौँला' भन्ने आशमा रहेको भन्दै दाबी गरेर मात्रै नयाँ नभइने र किन नयाँ राजनीतिक दल भन्ने कुरा प्रमाणित गर्न सक्नुपर्नेमा जोड दिए।
सचिव भट्टराईले भने, ‘यहाँ पुराना दलहरू अब सिद्धिँदै छन्। पुराना दलहरूको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरू छन्। कविन्द्रजीहरू त्यसमा आश गरिरहनुभएको छ। पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर। उहाँहरूको त्यो आशा छ। उहाँहरूको मुख्य नारा नै त्यही हो। पुराना दल सिद्धिए अब हामी। किन हामी भन्ने कुराको प्रश्न छ। पुराना दलले के गरे, किन हामी भन्ने छ।’
उनले थपे, ‘दाबी गरेर मात्रै त हुँदैन। मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ। राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो। एमाले स्थापित भएको ७० वर्ष भयो। एमाले आज पनि नौजवान पार्टी हो। काँग्रेस आज पनि नौजवान पार्टी हो। कतिपय सन्दर्भमा कविन्द्रजीहरूको रास्वपा भन्दा पनि नौजवान हो। यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रूपान्तरण गर्दै आएको छ।’
उनले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने र राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण