वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ
शनिबार, २८ असार २०८२, १९ : ४२
सारांश
- प्रहरीले अल्बानिया पठाउने प्रलोभन देखाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा विमला दनुवार र रामकुमारी रोक्का मगर रहेका छन्, जसले विभिन्न व्यक्तिबाट रकम लिएका थिए।
- उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ ।
दनुवारले चार जनाबाट रु आठ लाख र रोका मगरले दुई जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण