उत्तर कोरियाद्वारा युक्रेन युद्धमा रुसलाई 'बिना सर्त समर्थन' गर्ने प्रतिबद्धता
सारांश
- उत्तर कोरियाका नेता किम जोङ उनले युक्रेन युद्धमा रुसका कदमलाई बिना शर्त समर्थन गर्ने बताए।
- रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ उत्तर कोरियाको तीन दिने भ्रमणमा छन्, जहाँ उनले थप सैन्य सहयोगको प्रतिबद्धता जनाए।
- दुवै देशले गत वर्ष हस्ताक्षर गरेको साझेदारी सन्धि अन्तर्गत थप सहयोग गर्ने प्रतिबद्धता जनाए, जसमा पारस्परिक रक्षा सम्झौता पनि समावेश छ।
प्योङयाङ । उत्तर कोरियाका नेता किम जोङ उनले रुसका शीर्ष कूटनीतिज्ञलाई प्योङयाङ युक्रेन युद्धमा मस्कोले चालेका सबै कदमहरूलाई बिना सर्त समर्थन गर्न तयार रहेको बताएका छन्। दुई देशबीच उच्च-स्तरीय रणनीतिक वार्ताबारे यो जानकारी राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले दिएका हुन् ।
रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ तीन दिने भ्रमणका लागि उत्तर कोरियामा छन्। उत्तर कोरियाले रुसको युक्रेन युद्धका लागि सेना र हतियार उपलब्ध गराएको छ र मस्कोले द्वन्द्वमा प्रगति गर्न खोजिरहेकाले थप सैन्य सहयोगको प्रतिबद्धता जनाएको छ।
किमले लाभ्रोभसँग पूर्वी तटीय सहर वोनसानमा भेट गरेका थिए । त्यहाँ लाभ्रोभ र उनका उत्तर कोरियाली समकक्षी चो सोन हुईले आफ्नो दोस्रो रणनीतिक वार्ता गरे। उनीहरूले गत वर्ष हस्ताक्षर गरिएको साझेदारी सन्धि अन्तर्गत थप सहयोगको प्रतिबद्धता जनाए, जसमा पारस्परिक रक्षा सम्झौता पनि समावेश छ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार, किमले लाभ्रोभलाई आमूल परिवर्तन भइरहेको विश्वव्यापी भूराजनीतिको प्रतिक्रियामा सहयोगीहरूले चालेका कदमहरूले विश्वभर शान्ति र सुरक्षा सुनिश्चित गर्न ठुलो योगदान पुऱ्याउने बताए।
केसीएनएले भनेको छ, ‘किम जोङ उनले युक्रेनी संकटको मूल कारणलाई सम्बोधन गर्ने सम्बन्धमा रुसी नेतृत्वले चालेका सबै उपायहरूलाई कोरिया बिना सर्त समर्थन र प्रोत्साहन गर्न तयार रहेको कुरा पुनः पुष्टि गरेका छन् ।’
रुसको विदेश मन्त्रालयले टेलिग्राममा दुई जनाले हात मिलाउँदै र अंकमाल गर्दै अभिवादन गरेको भिडियो पोस्ट गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण