यस्तो अवस्थामा इरान अमेरिकासँग फेरि आणविक वार्ता सुरु गर्न तयार
सारांश
- इरानका विदेशमन्त्रीका अनुसार अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी गरे आणविक वार्ता सुरु गर्न तयार छ।
- इरानले आणविक कार्यक्रमबारे वार्ताका लागि सधैं तत्पर रहेको र युरेनियम समृद्धिलाई निरन्तरता दिने जनाएको छ।
- इजरायलको आक्रमणपछि इरानले संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायसँगको सहकार्य बन्द गरेको थियो।
तेहरान । अमेरिकाले फेरि आक्रमण नहुने ग्यारेन्टी दिएमा आफू फेरि उक्त देशसँग आणविक वार्ता सुरु गर्न तयार रहेको इरानका विदेशमन्त्री अब्बास अराघचीले बताएका छन् ।
तेहरानमा रहेका विदेशी राजदूतहरूलाई सम्बोधन गर्दै अराघचीले इरान आफ्नो आणविक कार्यक्रममा वार्ताको लागि सधैं तयार रहेको र भविष्यमा पनि त्यस्तै रहने बताएका हुन् । तर वार्ता हुँदै गर्दा अमेरिका र अन्य देशहरुले फेरि आक्रमण नहुने ग्यारेन्टी भने गर्नु पर्नेमा उनले जोड दिए ।
हालै इजरायलको आक्रमणले इरानको आणविक सुविधाहरूमा उल्लेखनीय क्षति पुर्याएको थियो । आक्रमणपछि, इरानले संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकायसँगको सहकार्य बन्द गरेको थियो । जसले गर्दा निरीक्षकहरू देश छोड्न बाध्य भएका थिए ।
इरानले आफ्नो माटोमा युरेनियम समृद्धिलाई निरन्तरता दिन चाहेको पनि अराघचीले एकपटक दोहोर्याए । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने पहिले नै यो स्वीकार्य नभएको बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण