१७ वर्षीया किशोरी बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ
सारांश
- मकवानपुरको बालगृहमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा बालगृहका प्रमुख पक्राउ परेका छन्।
- पीडित किशोरी ४ वर्षदेखि बालगृहमा बस्दै आएकी थिइन्, उनले जेठ १ देखि ८ गतेसम्म राउतले बलात्कार गरेको आरोप लगाएकी छिन्।
- प्रहरीले काठमाडौँबाट राउतलाई पक्राउ गरी मकवानपुर ल्याएको छ र अन्य बालबालिकाको अवस्थाबारे अनुसन्धान गरिरहेको छ।
हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् ।
सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय प्रमुख मधुसूदन राउतलाई प्रहरीले काठमाडौँको काँडाघारी क्षेत्रबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।
पीडित किशोरी ४ वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो भने आमा सम्पर्कविहीन छिन् । उनी मामाघरको हजुरआमासँग बस्दै आएकी थिइन् र कमजोर आर्थिक अवस्थाका कारण बाल संरक्षणको उद्देश्यले खोलिएको सो होस्टेलमा राखिएकी थिइन् ।
किशोरीले दिएको जाहेरी अनुसार जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेका थिए । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् । तर, प्रारम्भिक समयमा राउत पक्राउ परेका थिएनन् ।
बालगृहमा हाल १५ जना बालिकाहरू रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षा स्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण