सेयर बजारमा २९ अंकको सुधार, मौद्रिक नीतिको प्रभाव बैंकिङ क्षेत्रमा मात्रै देखियो
सारांश
- मौद्रिक नीतिपछिको पहिलो दिन सेयर बजारमा २९ अंकको वृद्धि भयो।
- लगानीकर्ताको सक्रियता बढ्दा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।
- एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा वृद्धि देखियो।
काठमाडौँ । मौद्रिक नीतिपछिको पहिलोपटक खुलेको शेयर बजारमा सामान्य सुधार देखिएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको सेयर बजार २९ अंकले बढेको हो ।
कारोबारको सुरुमा झन्डै ६९ अंकले बढेको बजार पछि घटेर २७६०.८० अंकमा झरेको हो । अघिल्लो दिनको आधारमा बजार परिसूचक बढे पनि आज निरन्तर वृद्धि हुन माथिल्लो विन्दु हाराहारीमा बन्द हुन भने चुकेको देखिन्छ ।
आज लगानीकर्ताको सक्रियता बढ्दा कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ। दिनभरमा कुल ११ अर्ब ४१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बजारको वृद्धिमा अधिकांश कम्पनीको योगदान रह्यो। आज कारोबारमा आएकामध्ये २४८ कम्पनीमध्ये १५८ कम्पनीको शेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्यमा गिरावट आएको देखिएको छ । आज कारोबार भएका कुनै पनि कम्पनीको मूल्य स्थिर रहेन।
बजारमा आज भएका कारोबारमध्ये ८ वटा समूहको सूचक बढ्दा पाँच वटाको मूल्य घटेको छ । बैंकिङ समूह सबैभन्दा धेरै ३.३७ प्रतिशतले बढ्दा विकास बैंक र फाइनान्स कम्पनी समूह १.४७ र १.८७ प्रतिशतले बढेका छन् । म्युचुअल फन्डमा समेत १ प्रतिशत भन्दा धेरैले बढे पनि बाँकीको वृद्धि भने एक प्रतिशत भन्दा कम मात्रै वृद्धि भयो । आज बजारमा सबैभन्दा धेरै गिरावट हाइड्रोपावर समूहको ०.८३ प्रतिशत मात्रै वृद्धि देखिएको छ ।
मूल्य बढ्ने कम्पनीमा पनि एनआईसी एसिया बैंक र खानीखोला हाइड्रोपावरको शेयर मूल्यमा लगभग ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । आज हिमालयन हाइड्रोपावरमा भने सबैभन्दा धेरै ९.९३ अंकको गिरावट आएको छ ।
कारोबार रकमको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो जसको ३७ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। बुटवल पावर कम्पनीको ३२ करोड ८२ लाख तथा एनआरएन इन्फास्ट्रक्चरबाट २८ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण