फिल्म ‘मोहर’ का लागि मोफसलका दर्शक फकाउँदै पल र बेनिषा
काठमाडौँ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ को प्रचारमा नायक पल शाह र नायिका बेनिशा हमाल लागि परेका छन् । यो फिल्ममा समावेश ‘झुम झुम’ बोलको गीतले दर्शकको साथ पाइरहँदा पल र बेनिशा दर्शकसँग यही गीतमा नाचिरहेका छन् ।
यसैबिच पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ उनीहरूले दर्शकसँग फिल्मको विषयमा साक्षात्कार गरेका छन् । फिल्मका लेखक तथा निर्देशक ओम प्रतीक, निर्माता चुम्बनजंग शाही, फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताए । कार्यक्रममा पलले फ्यानहरूसँग साक्षात्कार पनि गरे । पलले भने– ‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिँदैन ।’
फिल्मको टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आबद्ध विभिन्न व्यक्तिहरूसँग पनि साक्षात्कार गरेको थियो । पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिए । उनीहरूले, ‘मोहर’को प्रतीक्षा व्यग्र रूपमा गरिरहेको बताएका थिए ।
देउकी प्रथामा आधारित रहेर तयार पारिएको यो फिल्ममा पल र बेनिशाको साथमा नीति शाह, अर्जुनजंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ ।
यो फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्मको टिजर र दुई गीतलाई दर्शकले मन पराइसकेका छन् । केही दिनमै फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ । फिल्म मेकर्स प्रालिको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण