प्रभु साहको प्रश्न, ‘सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराई मधेस सहित काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको देखिएको समस्याको समाधान गर्न सरकारले चासो नदिएको बताएका छन् । प्रधानमन्त्रीदेखी मन्त्रीहरुले विदेशबाट मिनिरल वाटर मगाएर खाने तर नेपाली जनताले शुद्धखानेपानी समेत नपाउँने दुखद बिषय भएको टिप्पणी उनले गरे ।
प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा उनले पानीको हाहाकार हुँदा समेत सरकार गम्भिर नभएको भन्दै यस बारेमा सरकारले जवाफ दिनुपर्ने बताए । साहले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु सुकुम्बासी बस्तीमा खानेपानी किन रोकेको ?’
दुई तिहाईको शक्तिशाली सरकार मानवता विरोधी र जवादेही सरकार नभएको टिप्पणी उनले गरे । संविधानमा खानेपानीलाई मौलिक हक भनिएको भए पनि सरकारले किन सुकुम्बासी बस्तीमा खानेपानी रोकेको भन्दै उनले यस बारेमा सरकारसंग जवाफ मागेका छन् ।
सरकारले यथासिघ्र सुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताए । सरकार अलिकति पनि जवाफदेही र सम्बेदनशील छ भने सुकुम्बासी बस्तीमा तुरुन्त खानेपानीको व्यवस्था गर्नुपर्ने उनले बताए । खानेपानीका लागि आन्दोलन गरिरहेका सुकुम्बासीको आन्दोलन तुरुन्त सम्बोधन गर्न समेत उनले सरकारलाई आग्रह गरेका छन् । साथै सुकुम्बासीप्रति विभेदन गर्न समेत उनले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरे । विभेद नगरी सुकुम्बासीलाई पनि खानेपानी उपलब्ध गराउनुपर्ने उनले बताए ।
यस्तै उनले तराई मधेसमा खानेपानीको हाहाकार रहेको बताउदै सरकारले त्यसतर्फ तुरुन्त ध्यान दिनुपर्ने बताए ।
यसअघि असान्दर्भिक सामग्री प्रकाशित भएकामा सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण