पुरुष भलिबलको उपाधि रामजानकीलाई
दोधारा चाँदनी । खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामजानकी टोलीले जितेको छ । महेन्द्रनगरस्थित कभर्डहलमा सम्पन्न उक्त प्रतियोगितामा आयोजक भलिबल प्रशिक्षण केन्द्रलाई ३–२ सेटले पराजीत गर्दै रामजानकी विजेता बनेको हो ।
विजेता रामजानकीले रु एक लाख एक हजार एक सय एघार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा उप–विजेता बनेको भलिबल प्रशिक्षण केन्द्रले रु ५१ हजार एक सय एघार पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा तृतिय भएको शिखर बहुउद्देश्यीय सहकारीले रु ३१ हजार एक सय एघार पुरस्कार पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सुरज चुनारा घोषित भए । प्रतियोगितामा उत्कृष्ट स्पाइकर सन्तोष खत्री, उत्कृष्ट सर्भर सुनिल बोहरा, उत्कृष्ट ब्लकर जित दुङ्गल, उत्कृष्ट सेटर सन्देश चन्द र उत्कृष्ट डिफेन्डर लक्की तिरुवा घोषित भए ।
विजेता टोली तथा खेलाडीलार्ई जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला भलिबल सङ्घ कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीलगायतले नगद तथा प्रमाणपत्र वितरण गरे । जिल्ला भलिबल सङ्घको आयोजनामा महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा बुधवारदेखी सुरु भएको उक्त प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण