चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन भेटिए
सारांश
- काठमाडौँ उपत्यकाबाट हराएका २० वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले फेला पारेको छ।
- आइतबार ट्राफिक प्रहरीले सवारी साधन धनीलाई ती साधन हस्तान्तरण गरेको छ।
- प्रहरीले एक महिनामा ४८० वटा सवारी साधन धनीलाई जिम्मा लगाएको जनाएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० पटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालिगाँउ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँ बसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको प्रहरीको भनाइ छ ।
आज बुझाइएका २० वटा सहित एक महिनाको अवधिमा ४ सय ८० वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण