सरकारलाई प्रचण्डको सुझाव : घोषणा होइन कार्यान्वयनमा केन्द्रित हुनुहाेस्
सारांश
- प्रचण्डले संसदमा सम्बोधन गर्दै सरकारको आलोचना गरे, कीर्तिपुर रङ्गशाला निर्माणबारे असन्तुष्टि जनाए।
- उनले अघिल्लो सरकारले रङ्गशालामा फ्लडलाइट जडानको सम्झौता गरे पनि पछि कार्यान्वयन नभएको बताए।
- प्रचण्डले सरकारको घोषणा र व्यवहारबीचको भिन्नता औंल्याउँदै राष्ट्रिय गौरवका आयोजनामा लापरबाही भएको आरोप लगाए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गरेका छन् । उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यमा सरकारको गम्भीर नभएको बताए ।
उनले स्मरण गराउँदै भने, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रङ्गशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबिच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो।”
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए । “जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ” भन्दै उनले सत्तारूढ दलको घोषणा र व्यवहारबिचको अन्तर औँल्याए ।
पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरबाही दोहोरिएको बताए ।
“योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनाबद्ध ढङ्गले निरन्तरता दिइनु पर्दछ,” उनले भने,“तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन ।”
उक्त रङ्गशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको सन्दर्भमा प्रचण्डले सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण