दोस्रो स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स दिनुपर्ने पक्षमा प्रचण्ड, नयाँ प्रक्रिया सुरु गर्न माग
सारांश
- प्रचण्डले दोस्रो स्टक एक्सचेञ्जको नयाँ प्रक्रिया सुरु गर्न माग गरेका छन्।
- उनले सरकारलाई वर्तमान प्रक्रिया रद्द गरी नयाँ लाइसेन्सको प्रक्रिया सुरु गर्न आग्रह गरे।
- प्रचण्डले नियामक निकायहरूमा दलाल र बिचौलियाको चलखेल भएको आरोप लगाए।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्टक एक्सचेञ्जको नयाँ प्रक्रिया सुरु गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
'अहिले फेरि नयाँ स्टक एक्सचेञ्जको लागि निकै ठुलो चलखेल भइरहेको छ । के सरकार अहिलेको प्रक्रिया रद्द गरेर लाइसेन्स लिन चाहने इच्छुकहरूलाई निर्धारित मापदण्ड र विधिसम्मत तरिकाले प्रक्रिया अघि बढाएर भ्रष्टाचार रोक्न तयार छ ?,’ प्रतिप्रश्न गर्दै उनले भने, ‘यो प्रश्न धेरै गम्भीर छ, अहिलेको प्रक्रिया रोकेर भ्रष्टाचार नियन्त्रण गर्ने ढङ्गले नयाँ लाइसेन्सको प्रक्रिया अघि बढाउन विशेष माग गर्दछु ।’
नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायत संस्थालाई इङ्गित गर्दै उनले सुशासन कायम गर्न सक्षम देखिएका नियामक संस्थाहरूलाई पनि अहिले आएर दलाल र बिचौलियाको तजबिजीमा भ्रष्टीकरणतिर लगिएको प्रस्ट देखिएको बताए ।
त्यस्ता संस्थाहरूको प्रमुखको नियुक्तिमा भएको नियुक्तिमा भएको चलखेल, हाक्काहाक्की भएको कमिसनको डिल र बिचौलियाकै इसारामा अघि बढाइएका कार्यबाट यो सरकारको उद्देश्य र चरित्र आम जनतामा अझ प्रस्ट हुन गएको उनको भनाइ रहेको थियो ।
प्रचण्डको नेतृत्वमा सरकार रहेको बेला गठन भएको एउटा समितिले दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो ।
अहिले उच्चस्तरीय आर्थिक सुधार आयोगले भने दोस्रो स्टक एक्सचेञ्ज आवश्यक नभएको निष्कर्ष निकालेको छ । अर्को स्टक एक्सचेञ्ज आवश्यक भए नभएको भन्ने तर्क वितर्क भइरहेको बेला उनको अभिव्यक्तिले स्टक एक्सचेञ्जको नयाँ लाइसेन्स दिनुपर्ने धारणा राखेका हुन् । अहिलेको प्रक्रियालाई रोकेर नयाँ प्रक्रिया सुरु गर्नुपर्ने मात्रै उनको माग देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण