पतिसँग अलग भइन् भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल
नयाँ दिल्ली । भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल आफ्ना पति तथा ब्याडमिन्टन खेलाडी पारुपल्ली कश्यप (पी. कश्यप)सँग अलग्गिएकी छिन् । साइनाले आइतबार अबेर राति एउटा पोस्टमा यो जानकारी दिएकी हुन् । ‘धेरै सोचविचारपछि, कश्यप र मैले अलग हुने निर्णय गरेका छौं,’ उनले इन्स्टाग्राममा स्टोरीमा लेखेकी छिन् ।
‘जीवनले कहिलेकाहीँ हामीलाई फरक दिशामा लैजान्छ । हामी एकअर्काको लागि शान्ति, वृद्धि र पुनःप्राप्ति रोजिरहेका छौं । म उहाँसँगका सबै सम्झनाका लागि आभारी छु र भविष्यको लागि उहाँलाई शुभकामना दिन्छु । हाम्रो गोपनीयतालाई बुझ्नु र सम्मान गर्नु भएकोमा धन्यवाद,’ पोस्टमा उनले लेखेकी छिन् ।
साइना नेहवालले १४ डिसेम्बर २०१८ मा कश्यप पारुपल्लीसँग प्रेम विवाह गरेकी थिइन् । दुवै २००७ देखि सम्बन्धमा थिए । यद्यपि, यिनीहरूको चिनजान भने २००५ देखि थियो । आफ्नो करियरको सुरुवाती दिनहरूमा, दुवै हैदराबादको पुलेला गोपीचन्द एकेडेमीमासँगै प्रशिक्षण गर्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण