चार अस्पतालबाट क्यान्सरका औषधि निःशुल्क, कसले र कसरी पाउँछन् ?
सारांश
- सरकारले क्यान्सर उपचारका लागि ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क उपलब्ध गराउने भएको छ।
- स्वास्थ्य मन्त्रालयले क्यान्सर उपचारमा संलग्न अस्पतालहरूमा औषधि उपलब्ध गराउनेछ, जसमा विपन्न नागरिकले लाभ लिन सक्नेछन्।
- विपन्न बिरामीले वडाको सिफारिस र पालिकाको सिफारिस पत्रसहित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।
काठमाडौँ । सरकारले क्यान्सर उपचारमा प्रयोग हुने ३७ प्रकारका औषधि चार अस्पतालबाट निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि प्राप्त गरेपछि क्यान्सर उपचारमा संलग्न चार अस्पताल भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र वीर अस्पतालमा क्यान्सर रोगको औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्त केसीले बताए ।
स्वास्थ्य मन्त्रालयको पहलमा वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाल सरकारले ३७ प्रकारका औषधि सहयोग प्राप्त गरेको हो । स्तन, छाला, तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने औषधि नेपालका चार अस्पतालमा निरन्तर पाँच वर्षसम्म विभिन्न क्यान्सर रोगका औषधि उपलब्ध गराइने प्रशासक तथा सूचना अधिकारी डा. केसीले बताए ।
कहिले आउँछ औषधि ?
सरकारले क्यान्सरका बिरामीलाई एक लाख सम्मको निःशुल्क स्वास्थ्य उपचार गराउँदै आएको छ । त्यसमा थप निःशुल्क औषधि उपलब्ध गराउन लागिएको मन्त्रालयका प्रशासक तथा सूचना अधिकारी डा. केसीले बताए ।
यद्यपि सरकारले स्वास्थ्य बीमामा आबद्धलाई साउन १ देखि क्यान्सरलगायत आठ जटिल रोगहरूको उपचारका लागि दुई लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेको छ । स्वास्थ्य बीमामा आबद्ध भएकाहरूले थप निःशुल्क रूपमा क्यान्सर रोगको औषधि यी चार अस्पतालबाट पाउन सक्नेछन् । स्वास्थ्य मन्त्रालयले क्यान्सरको औषधि प्राप्तिका लागि नीतिगत प्रक्रिया अगाडि बढाएको प्रशासक डा.केसीले बताए । ‘औषधि आउने निश्चित भयो, मन्त्रालयले औषधिका लागि प्रक्रिया अगाडि बढाइरहेको छ । औषधि आउन केही समय लाग्छ । यही दिन आउँछ भन्न अहिले सकिँदैन,’ डा.केसीले भने ।
यसअघि पाटन, वीरलगायत अस्पतालहरूले विभिन्न माध्यमबाट क्यान्सरको औषधि वेलावेला उपलब्ध गराउने गरेको उनले बताए । त्यही क्रममा केही बिरामीलेले उलब्धताका आधारमा निःशुल्क औषधि प्राप्त गर्दै आएका थिए ।
नेपाललगायत अन्य राष्ट्रहरूमा क्यान्सरको औषधि अध्ययन भइरहेकाले अस्पतालहरूले निःशुल्क रूपमा प्राप्त गर्ने गरेको डा.केसीले जानकारी दिए । ‘अस्पतालहरूमा विभिन्न माध्यमबाट प्राप्त भएका औषधि कम मात्रा बेलाबेला उपलब्ध गराइन्थ्यो । अहिले सरकारले पहिलो पटक क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराएको हो,’ उनले भने ।
औषधि क-कससले पाउँछन् ?
तर निःशुल्क रूपमा दिइने औषधिहरू सबैले भने प्राप्त गर्न सक्दैनन् । यस्ताे औषधि विपन्न नागरिकले मात्र निःशुल्क पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । रोगको उपचार र औषधि प्राप्त गर्न बिरामीले भने कागजातहरू बनाउनुपर्छ ।
विपन्न बिरामीले स्थायी बसोबास भएका वडाको सिफारिसमा पालिकाको सिफारिस पत्रसहित सम्बन्धित अस्पतालमा सम्पर्क गर्नुपर्ने सूचनाअधिकारी डा. केसीले बताए ।
सिफारिस पत्रमा उल्लेख गर्नुपर्ने विवरणहरू
–बिरामीको नाम थर र ठेगाना र १६ वर्षमुनिका भए जन्म दर्ता र सम्पर्क नम्बर
–उपचारका लागि तोकिएको अस्पतालको सिफारिस, रोग पहिचान भएको चिकित्सकको प्रिस्किप्सनको संक्षिप्त व्यहोरा
–बिरामी विपन्न नागरिक भएको व्यहोरा खुल्ने पत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण