नेपाली उम्मेदवारलाई हराएकी डब्लुएचओकी क्षेत्रीय प्रमुख वाजेद निलम्बनमा, अब के हुन्छ ?
सारांश
- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की दक्षिण पूर्वी एसिया क्षेत्रीय प्रमुख साइमा वाजेदलाई ठगी आरोपमा निलम्बन गरिएको छ।
- वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् र उनलाई राजनीतिक सम्बन्धका कारण डब्ल्यूएचओको प्रमुख बनाइएको थियो।
- निलम्बनपछि, डब्ल्यूएचओले जेनेभा मुख्यालयका क्याथरिन बोहमेलाई कार्यकारी प्रमुखको रूपमा पठाएको छ।
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की दक्षिण पूर्वी एसिया क्षेत्रीय प्रमुख साइमा वाजेदलाई निलम्बन गरिएको छ । विवादास्पद क्षेत्रीय प्रमुख वाजेदलाई ठगी आरोप आरोपमा निलम्बन गरिएको हो ।
डब्ल्यूएचओले जेनेभा मुख्यालयका सहायक महानिर्देशक क्याथरिन बोहमेलाई वाजेदको ठाउँमा कार्यकारी प्रमुखको रूपमा पठाएको छ । वाजेद बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । वाजेद आमा हसिनाको भूराजनीतिक सम्बन्धका कारण डब्ल्यूएचओको क्षेत्रीय प्रमुख भएकी थिइन् ।
सन् २०२३ मा भएको निर्वाचनमा वाजेदभन्दा अनुभव र कार्य क्षमता आधार हेर्दा नेपालका शम्भुप्रसाद आचार्य अघि थिए । तर वाजेद पूर्वप्रधानमन्त्री हसिनाकी छोरी भएकै कारण निर्वाचनमार्फत नै डब्ल्यूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय प्रमुख बनेकी हुन् ।
डब्ल्यूचओले दक्षिण पूर्वी एसिया क्षेत्रीय प्रमुख छनोट गर्ने क्रममा वेब फोरम आयोजना गरिएको थियो । उक्त फोरममा सदस्य राष्ट्रले प्रश्न गर्ने र उम्मेदवारले उत्तर अर्थात् जवाफ दिनुपर्ने हुन्छ । सो वेब फोरममा सोधिएका कुल २१ प्रश्नमा वाजेदले ७ वटा प्रश्नको मात्रै जवाफ दिएकी थिइन भने नेपालका आचार्यले २१ वटा प्रश्नको जवाफ दिएका थिए ।
तर, वाजेदले भारतको नयाँदिल्लीमा भएको क्षेत्रीय सभा अन्तगर्तको निर्वाचनमा १० मध्ये ८ मत प्राप्त गरेकी थिइन् भने नेपालका उम्मेदवार आचार्यले २ मत मात्रै प्राप्त गरे । दक्षिण एसिया ११ राष्ट्रमध्ये म्यानमार निर्वाचनमा सहभागी भएको थिएन । डब्ल्यूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे गरी ११ देश रहेका छन् ।
नेपालको तुलनामा बंगलादेश भूराजनीतिक सम्बन्धमा बलियो भएकाले पूर्वप्रधानमन्त्री हसिनाका कारण छोरी जावेदले क्षेत्रीय प्रमुख बनेको स्वास्थ्य क्षेत्रका उच्च अधिकारीहरू बताउँछन् । त्यसैले उम्देवारको अनुभव र कार्य दक्षताको विषयमा त्यस समयमा चर्चा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
मन्त्रालयका ती अधिकारीले भने, ‘दक्षिण एसियाको क्षेत्रीय प्रमुखका लागि कार्यकारीका रूपमा मंगलबारदेखि पठाउने भएछ । कति समयका लागि निलम्बन गरिएको हो खुलेको छैन । पूर्ण कार्यकाल निलम्बन गरिएको हो भने डब्ल्यूएचओले क्षेत्रीय प्रमुखका लागि निर्वाचन गर्ला ।’
क्षेत्रीय निर्देशक वाजेदलाई शुक्रबारदेखि बिदामा राखिएको डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयेससले कर्मचारीलाई आन्तरिक मेलमार्फत जानकारी दिएका थिए । यद्यपि क्षेत्रीय निर्देशक वाजेदलाई कति समयका लागि निलम्बन गरिएको उल्लेख गरिएको छैन ।
जनवारी २०२५ मा बंगलादेशको भ्रष्टाचारविरुद्धको आयोग (एसीसी)ले गरेको अनुसन्धानमा वाजेदले आफ्नो शैक्षिक योग्यताबारे झूटा कागजात प्रयोग गरेको आरोप लागेको थियो ।
यस्तै, केही महिनामै बंगलादेशभर प्रदर्शनहरू भएसँगै शेख हसिना अगस्ट ५ मा देश छाडेर भागेकी थिइन । साथै वाजेदले बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटीमा मानार्थ पदमा रहेको दाबी गरेकी थिइन्, जुन कुरा विश्वविद्यालयले अस्वीकर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण