दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन
सोमबार, ३० असार २०८२, २० : १८
पर्सा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र खानेपानी मन्त्री प्रदीप यादवले पर्साका खानेपानीको अभाव भएका क्षेत्रको संयुक्त रूपमा अनुगमन गरेका छन् ।
सङ्घीय सरकारका दुवै मन्त्रीले आज पर्साको निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने विभिन्न ठाउँमा खानेपानीको चर्को समस्या झेलेका जनतासँग छलफल तथा सोको समाधानको विषयमा छलफल गरेका हुन् ।
खानेपानीमन्त्री यादवले वीरगञ्जसहित पर्साका धेरै स्थानमा नागरिकले खानेपानी आपूर्तिमा कठिनाइ भोग्नुपरेकाले समस्या पहिचान र समाधानका लागि कानुनमन्त्री चौरसिया र आफूले गाउँ–टोल तथा वडाहरूमा संयुक्त अनुगमन गरेको जानकारी दिए ।
मन्त्री यादवले महानगरको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा रु चार अर्ब ५० करोड लागतमा परियोजना अघि बढाउन लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण