मन्त्री गुप्ताले निजामती विधेयक राष्ट्रिय सभामा प्रस्तुत गर्ने
सारांश
- राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो बस्दैछ, जसमा निजामती सेवा विधेयकमाथि छलफल हुनेछ।
- मन्त्री राजकुमार गुप्ताले घुस लिएको अडियो सार्वजनिक भएपछि उनको राजीनामाको माग गरिएको छ।
- जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने सम्भावना छ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त निजामती सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयकमा कुलिङ अफ पिरियडबारे चलखेल भएको थियो । जसलाई राष्ट्रिय सभाबाट सच्चाउने अपेक्षा गरिएको छ ।
मन्त्री गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुस रकम डिल गरेको अडियो सार्वजनिक भएपछि सत्ता र प्रतिपक्षीका सांसदहरूले उनको राजीनामा र सरकारको जवाफ माग गरिरहेका छन् । मन्त्री गुप्ता र अडियोबारे सत्यतथ्य माग भइरहेपनि उनले राजीनामा दिएका छैनन्, भने प्रधानमन्त्रीले समेत बर्खास्त गरेका छैनन् । प्रश्न उठेपछि गुप्ताले राजीनामा दिने वा बर्खास्त हुने अपेक्षाविपरित सोमबारको मन्त्रिपरिषद् बैठकमा मन्त्री गुप्ता सहभागी भएका थिए ।
यस्तै मंगलबारकै राष्ट्रिय सभा बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण