मिडफिल्डर लाकेन लिम्बु कम्बोडियन क्लबमा अनुबन्ध
सारांश
- नेपाली मिडफिल्डर लाकेन लिम्बु कम्बोडियन क्लब किरीभोङ सोक सेन चेई एफसीमा अनुबन्धित भएका छन्।
- २२ वर्षीय लिम्बुले राष्ट्रिय टोलीबाट एक असिस्ट र एएफसी छनोटमा एक गोल गरेका छन्।
- लिम्बुले किरीभोङ सोक सेन चेई एफसीको प्रतिनिधित्व गर्न पाउँदा सम्मान भएको बताएका छन्।
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बु कम्बोडियन क्लब किरीभोङ सोक सेन चेई एफसी मा अनुबन्धित भएका छन् ।
क्लबले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै लिम्बुलाई आफ्नो परिवारमा स्वागत गरेको घोषणा गरेको हो । युवा उमेरमै प्रभावशाली अनुभव बटुलेका लिम्बु क्लबमा जोडिएको क्लबले बताएको छ।
सिंगापुरमा हुर्केका २२ वर्षीय लिम्बुले त्यहाँका विभिन्न युवा एकेडेमीहरू मार्फत बलियो जग बसालेका थिए । त्यसपछि उनले नेपालमा आफ्नो व्यावसायिक डेब्यु गरे। उनले विगत दुई वर्षदेखि राष्ट्रिय टोलीबाट खेल्दै आएका छन्।
राष्ट्रिय टोलीका लागि उनले एक असिस्ट र एएफसी छनोटमा एक गोल गरेका छन् भने इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि पनि जितेका छन्। घरेलु फुटबलमा झापा एफसीसँग अनुबन्ध भएका लिम्बुले आई-लिगमा दिल्ली एफसीमा आबद्ध भएका थिए ।
‘अब, लाकेन क्याम्बोडियामा आफ्नो छाप छोड्न र किरीभोङ सोक सेन चेई एफसीलाई नयाँ उचाइमा पुर्याउन तयार छन्,’ क्लबले भनेको छ ।
क्लबमा अनुबन्ध भएपछि लिम्बुले किरीभोङ सोक सेन चेई एफसीको प्रतिनिधित्व गर्न पाउनु ठुलो सम्मान भएको बताएका छन् । उनले भनेका छन्, ‘म सुरु गर्न आतुर छु! मैले विगत चार वर्षदेखि नेपाल र भारत दुवैमा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा व्यावसायिक रूपमा खेलेको छु। वर्षौँदेखि, मैले बलियो प्रतिद्वन्द्वीहरूसँग खेलेको छु र मेरो अनुभव टोलीलाई मद्दत गर्न प्रयोग गर्न तयार छु।’
उनले थपे, ‘म आशा गर्दछु, आउँदो सिजनमा हाम्रो क्लबको सफलतामा योगदान दिन सक्छु। म मेरा टोलीका साथीहरू, प्रशिक्षकहरू, र हाम्रा अद्भुत प्रशंसकहरूसँग भेट्न उत्साहित छु - र सफलताका लागि सँगै लड्न तयार छु । तपाईँको न्यानो स्वागतका लागि धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण