भारतीय बजारमा पहिलो पटक छिर्यो टेस्ला
सारांश
- अमेरिकी व्यापारी एलन मस्कको टेस्लाले भारतीय बजारमा प्रवेश गरेको छ ।
- मुम्बईमा शोरुम खुलेको छ, जहाँ टेस्लाका प्रविधि र सुविधाहरू हेर्न सकिनेछ ।
- कम्पनीले कम्प्याक्ट क्रसओभर इलेक्ट्रिक एसयूभी मोडल वाई सार्वजनिक गरेको छ, जसले ५०० किमी गुड्ने दाबी गरेको छ ।
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्ला अन्ततः भारतीय बजारमा प्रवेश गरेको छ ।
मुम्बईको विलासी क्षेत्र बांद्रा–कुर्ला कम्प्लेक्समा कम्पनीको शोरुम खुलेको छ । यो स्टोरले मानिसहरूका लागि अनुभव केन्द्रको रूपमा काम गर्नेछ । अर्थात् यहाँ सवारी साधनहरू मात्र बिक्री हुनेछैन, तर यहाँ आउने मानिसहरूले टेस्लाको प्रविधि र सुविधाहरूलाई नजिकबाट हेर्न पनि सक्नेछन् ।
भारतीय उपभोक्ताका लागि भनेर कम्प्याक्ट क्रसओभर इलेक्ट्रिक एसयूभी मोडल वाई लञ्च गरेको छ । यो कार एक पटक पूरा चार्ज गर्दा ५०० किमिसम्म गुड्न सक्ने दाबी कम्पनीले गरेको छ ।
यो इलेक्ट्रिक कार दुई भेरियन्ट लङ रेन्ज अल ह्वील ड्राइभ (एडब्ल्यूडी) र लङ रेन्ज रियर ह्वील ड्राइभ (आरडब्ल्यूडी) मा आएको छ । अमेरिकी बजारमा यसको सुरुवाती एक्स–शोरूम मूल्य ४६ हजार ६३० डलर छ । भारतमा भने यो मूल्य ५९ लाख ८९ हजार भारु राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण